रूपन्देहीको तिलोत्तमा नगरपालिकाको १२ओैं अधिवेशनको चौथो बैठकमा धकेलाधकेल हुँदा एक जना वडाध्यक्षलाई प्रहरीले स्विमिङ पुलमा चोवलेको छ। तिलोत्तमा नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले हुत्याएर स्वीमिङ पुलमा पछारेका छन् ।
डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई स्विमिङ पुलमा धकेलेर पछारेको भिडियो अहिले ब्यापक चर्चाको विषय भएको छ। आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर स्विमिङ पुलभित्र पछारेको एमालेका जनप्रतिनिधिहरुले आरोप लगाएका छन्।
मणिग्राम पार्टी प्यालेसमा आयोजित नगरसभामा बजेट पास गर्ने विषयमा नगर प्रमुखले एमालेका जनप्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीलाई लुकाउन लगाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका थिए ।