मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • महंगाई बढ्ने डरले युरोप त्रस्त! ‘रसियन विन्टर’ को अगाडी युरोप झुक्ने पुटिनको आंकलन

महंगाई बढ्ने डरले युरोप त्रस्त! ‘रसियन विन्टर’ को अगाडी युरोप झुक्ने पुटिनको आंकलन


कान्तिपथ


जुलाई ११, २०२२ देखि युरोपमा आपूर्ति हुने अत्यावश्यक ग्याँसको पाइपलाइन नोर्द स्ट्रिम – १ नियमित मर्मतसम्भारको निम्ति भनेर रुसी कम्पनी गाजप्रोमले बन्द गरेको छ । जसले गर्दा त्यस पाइपलाइन माथि निर्भर रहेका यूरोपेली मुलुक जर्मनी, पोल्याण्ड, बेल्जियम, ब्रिटेन लगायतका मुलुकहरुमा महंगी दरमा वृद्धि हुने देखिएको छ । जुलाई ११ देखि जुलाई २१ सम्म १० दिनको लागि नियमित मर्मतसम्भार भनेर ग्यास आपूर्ति बन्द गरे पनि हाल यूरोपेली राष्ट्रहरु १० दिन नभई अनन्तकालको लागि ग्यास आपूर्ति रोकिन सक्नेमा चिन्तित छन् ।

विश्लेषकहरुका अनुसार रुसले आउदै गरेको जाडोयाम सम्म ग्यास आपूर्ति रोक्न सक्ने आंकलन गरेका छन् । बिशेषत: जाडोयाममा यूरोपेली राष्ट्रहरुमा ग्यासको माग धेरै रहने र रुस बाट आउने ग्यास आपूर्ति नभए पुरै युरोपमा संकट उत्पन्न हुनेछ । विश्लेषकहरुका अनुसार यहि कुरा बुझेर रुसले ति यूरोपेली राष्ट्रहरु जसले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउदै आएका छन् ति राष्ट्रहरुलाई रुस माथि लगाइएको आर्थिक प्रतिबन्धको नतिजा कस्तो हुनेछ बुझाउनको लागि नोर्द स्ट्रिम – १ बन्द गरेको बुझाई छ ।

सन् १८१२ जुन २४ का दिन फ्रान्सका तत्कालिन सम्राट नेपोलियनले रुसलाई सबक सिकाउन ६ लाख सेना सहित रुसमाथि आक्रमण गरेका थिए । आक्रमण शुरु गरेको २ महिनामा नै जाडोयाम शुरु भएकोले नेपोलियनको सेनाले धेरै क्षति बेहर्नु परेको थियो । ६ लाख सेना मध्य ४ लाख सेना नेपोलियनले गुमाउनु परेको थियो ।

त्यस्तै १९४१, जुन २२ का दिन जर्मनीका हिटलरले फिनल्याण्ड, रोमानिया, इटाली, हंगेरीको सैनिक सहयोगमा करिब ३८ लाख सेनाले रुस माथि आक्रमण गरेको थियो । तर रुसी विन्टरको कारण १० लाख सेनाले ज्यान गुमाउनु परेको थियो र जर्मनीको नराम्रो हार भएको थियो ।

विश्लेषकहरु भन्छन पुटिन हाल त्यहि रुसी विन्टरको प्रतिक्षामा छन् जब युरोपमा ग्यासको माग उच्च रहने छ । त्यस समय जर्मनी , बेलायत लगायतका मुलुकले रुसको अगाडी घुँडा टेक्न बाध्य हुने छन् र रुस माथिको नीति परिवर्तन गर्दै रुसमाथि लगाउदै आएको आर्थिक प्रतिबन्ध पुनरावलकन गर्न बाध्य हुनेछन ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत