बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • महालेखाको प्रतिवेदन: प्राधिकरणको बजेटबाट पुर्व मन्त्री पार्वत गुरुङ्गलाई गाडी !

महालेखाको प्रतिवेदन: प्राधिकरणको बजेटबाट पुर्व मन्त्री पार्वत गुरुङ्गलाई गाडी !


कान्तिपथ


महालेखा परीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीका लागि सवारी किनेको देखाएको छ । प्राधिकरणको नाममा रहेको बजेटबाट सूचना तथा सञ्चार मन्त्रीका लागि सवारी किनिएको थियो ।

प्राधिकरणको बजेटबाट २०७७ पुस १६ गते मन्त्रीपरिषद्को बैठकले सञ्चार मन्त्रीका लागि २ करोड ५ लाख २५ हजार रुपैयाँको जिप खरिद गरेर २०७८ भदौ २८ गते पत्रबाट हस्तान्तरण गरिएको थियो ।

मन्त्रिपरिषद्ले सञ्चार मन्त्रीका लागि प्राधिकरणको बजेटबाट सवारी खरिद गर्ने निर्णय गर्दा नेकपा एमालेका नेता पार्वत गुरूङले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सुरुमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भएका गुरुङ्गको पछि सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएर सरकारको प्रवक्ता भएका थिए ।

प्राधिकरणको खातामा तत्कालिन समयमा सवारी खरिदका लागि २ करोड रुपैयाँ मात्रै बजेट थियो । जबकी, तत्कालिन मन्त्री गुरूङले प्राधिकरणको खातामा भएको भन्दा बढी रकम निकासा गरेर सवारी साधन खरिद गरेको महालेखा प्रतिवेदनले देखाएको छ । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गुरुङ्ग दोलखाबाट निर्वाचित संघिय सांसद हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत