शुक्रबार, अशोज २१, २०७९

भारतले पहिलो आदिवासी महिला राष्ट्रपति पाउँदै


कान्तिपथ


भारतले स्वतन्त्रता पछिको पहिलोपटक आदिवासी महिला राष्ट्रपति पाउने भएको छ । भारतको १५ औं राष्ट्रपति चयनका लागि सोमबार भएको निर्वाचनमा भारतीय जनता पार्टीको तर्फा बाट ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित छ । चुनावी परिणाम भने जुलाई २१ मा मात्रै सार्वजनिक गरिने जनाइएको छ ।

भाजपाले राष्ट्रपतिका लागि आदिवासी महिला उम्मेदवार अगाडी सारेर कांग्रेस लगायत विपक्षी गठबन्धन (UPA) लाई अप्ठ्यारोमा पारेको जनाइएको छ । सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन (NDA) ले झारखण्ड राज्यकी पूर्वराज्यपाल मुर्मूलाई उम्मेदवार बनाएको हो । कंग्रेससहितको विपक्षी गठबन्धनले तृणमुल कंग्रेसका नेता तथा भूतपूर्व भारतीय जनता नेता यशवन्त सिन्हालाई रास्ट्रपति उम्मेदवारको रुपमा अगाडी सारेको छ  । तर भारतीय जनता पार्टीले उठाएको रास्ट्रपति उम्मेदवार उनि माथि भारि पर्ने देखिएको छ ।

६४ वर्षीया द्रौपदी मुर्मू एक त आदिवासी त्यसमाथि महिला भएका कारण विपक्षी गठबन्धनका जनजाती उत्थानको राजनीति गर्ने दलहरु पनि द्रौपदी मुर्मूलाई भोट दिन बाध्य भएका छन्  । यसलाई भारतीय जनता पार्टीको मास्टर स्ट्रोकको रुपमा हेरिएको छ । भारतको तल्लो सभा (लोकसभा) र (माथिल्लो सभा) राज्यसभा दुवै जोडेर निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । राज्य तथा प्रदेशहरुमा बिधायकहरुको संख्या ४ हजार ३३ छ । सोमबारको मतदानमा उनीहरू सबैले राष्ट्रपतिका लागि मतदान गरेका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत