मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई अर्को झट्का! सिंगापुरले दियो तत्काल देश छाड्न आदेश

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई अर्को झट्का! सिंगापुरले दियो तत्काल देश छाड्न आदेश


कान्तिपथ


नाजुक आर्थिक अवस्था बाट गुज्रिरहेको श्रीलंकालाइ छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई सिंगापुरले झट्का दिएको छ । गत हप्ता मात्रै भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले तत्काल सिंगापुरछाड्न आदेश दिएको छ ।

सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिए पनि उनलाई राजनीतिक शरण नदिने भन्दै देश छोड्न आदेश दिएको हो । श्रीलंका आर्थिक संकटले राष्ट्र नाजुक अवस्थामा पुगे पछि उनि भागेर सिंगापुरमा शरण लिन पुगेका हुन् ।

गत बिहिबार सिंगापुर पुगेर पदबाट राजीनामा दिएका उनि कता जान्छन यो चासोको बिषय बनेको छ । श्रीलंकालाइ आर्थिक संकटमा फसाएर भागेका उनि सिंगापुर पुगेका उनि केहि दिन अगाडी मात्रै सिंगापुरको एक शपिंग मलमा शप्पिंग गरिरहेका भेटिएका थिए । सिंगापुरमा भ्रस्टाचारलाइ एक ठुलो अपराधको रुपमा हेरिन्छ । सिंगापुरमा भ्रस्टाचारको बिरुद्ध ‘जेरो टोलरेंस’ नीति छ । त्यहि कारण उनि सिंगापुर तत्काल नछाडे उनि माथि मुद्दा चल्ने खतरा रहेको छ । यता श्रीलंकामा भने बुधबार नयाँ राष्ट्रपति चयन गरिने भएकाे छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत