हृदयका कुरा : भावना शाह


कान्तिपथ


मलाई लाग्छ सोचेको सबै कुरा पूरा भएनन भनेर दुख मनाउ गर्न जरुरी छैन, ती अधुरा कुरामा त जिन्दगी जिउनुको मजा छ। ती छुटेका कुरा आझ पनि सम्झी रहदा मन धक्क फुलेर आउँछ ।

आज पनि ति दृश्यचित्र र भावहरू बतासमा माकुराको जालो हल्लिए झैँ हल्लिइरहन्छन।

यहाँ धेरै लाई आफ्नो अतित मेटाउनु छ तर मलाई मेरो बाँकीको जिवन यहि यादहरूमा बित्छ कि भन्ने लाग्छ। सायद म कायर पनि हुन सक्छु यो मामिलामा किनकी अतित मेटाउन हिम्मत चाइन्छ……।

अतित मेटिदा, मेटिएको अतितसंगै मबाट मेरो एउटा अंश पनि त मेटिन्छ। त्यो अंशमा कति कुरा समेटिएको हुन्छ माया, रोदन, हर्ष, खुशी, आँसु ! सब मेटिन्छन, मेरो भागहरु हराउँछन। अंशहरु जसले मलाई, मेरो मनलाई, मेरो आत्मालाई, मेरो विचारलाई यस्तो स्वरुपमा ढालेको छ। जुन स्वरुपले मलाई अरु भन्दा भिन्न बनाउछ, जस्ले मेरो व्यक्तित्वलाई अनन्त गहिराई दिएको छ। मेरा ती भागहरु, अंहरु मेटिदा कतै यी सबै पनि त मेटिने हैनन? कतै म त मेटिने हैन ??

सबै र सधै हामी सामन्य जिवन बाच्न चाहन्छौं, सरल, सहज अनि यहि बिच केही अस्वाभाविक कुरा हुँदै गर्दा जिन्दगी नै उथलपुथल हुने रहेछ।अझ विशेषगरी म जस्ता मान्छेको लागि त पहाड नै खस्ने रैछ जसको जीवनशैली एक निश्चित परिधिभित्र चली रहेको होस।

ती भएका हत्केलाका औंला जति सम्बन्धहरु, तमाम विश्वासिला कणहरु, सिनेमा जस्तै रंगिन सपनाहरु टुक्राटुक्रा भएका छन। गल्ती कसको थियो यो सब हुनु मा, मेरो क्रोध कति जाएज थियो ! मेरो प्रतिक्रिया, मैले लिएका निर्णयहरु कतिको स्वाभाविक थिए ,यो सब तिर अब गइन, तर आझ फर्केर हेर्दा ती सबैसबै कुराहरुमा, त्यो समयमा, त्यो पलमा मैले जम्मा गरेको खुशी नै बढी याद आउँछ। अञ्जुली भरिको पानी नै बढी याद आउँछ भलै थोपा थोपा बनेर सबै चुहिए पनि…

मुटुको ढुकढुकिले घोडा दौडे झैँ वेग लिन थाल्छ जब यो परिधिबाहिरको प्रेमलाई नजिकबाट महसुस गरेकी थिए। त्यस्तो प्रेम जुन पहिलो पटक भएको थियो, जुन निस्वार्थ थियो, जहाँ थुप्रै अड्चनहरु थिए , जहाँ केही कुरा व्यक्त गर्नु मात्र शब्दहरुलाई सजाय हुन जान्थ्यो, त्यस्तो प्रेम सायद जहाँ म एक्लै थिए, सायद जुन सपना मात्र थियो, वास्तविकतारूपी सपना। यो सपनाले पनि अब मलाई खुशी बढी दिन्छ, यो प्रेमले मलाई पुर्ण बनाएको छ।

यती बिघ्न पिडालाइ मात्र केहि झोक्का यादहरुले उडाइदिन्छन। ति यादहरु जसलाई मैले आफु भित्र कतै साँचेकी छु।के यति याद काफी छैन र यो जीवन कटाउन ?

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत