चेस ओलम्पियाड टिमको अभिमुखिकरण कार्यक्रम थालनी


कान्तिपथ


भारतको चेन्नईमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा सुरु भएको कार्यक्रममा ओलम्पियाड टोलीका खेलाडी तथा अफिसियलहरुको सहभागीता रहेको छ ।

मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ ।

कार्यक्रमको पहिलो दिन मनोविद डा. नरेन्द्र ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

कार्यक्रमको दोश्रो दिन पूर्व नेशनल च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्धय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम रहेको सचिव केसीले बताए ।

आगामी जुलाईको २८ तारिखमा उद्घाट्न भई अगस्ट ९ मा सम्पन्न हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौंलागाईं सहित फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्धय विवेक थिङ तथा मिलन लामा रहेका छन् ।

महिलातर्फ नेशनल च्याम्पियन सुजना लोहनी सहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ रहेका छन् । सहभागी खेलाडी मध्ये रुपेशले २०१२(रसिया) एवं २०१८(जर्जिया) को अनुभव संगाली सकेका छन् भने सुजनासँग २०१६(अवरवैजान) तथा २०१८(जर्जिया) को अनुभव रहेको छ ।

त्यस्तै क्षितिज भण्डारी २०१६(अजरवैजान) तथा विवेक २०१८(जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् । अन्य खेलाडीको हकमा चेन्नाई ओलम्पियाड नयाँ अनुभव हुनेछ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत