त्रिवि सुधारका लागि क्रान्तिकारीले अघि सार्यो १८ बुँदे माग


कान्तिपथ


नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका विकृतिहरु समाधानका लागि १८ बुँदे मागपत्र बुझाएको छ ।

आज अध्यक्ष पञ्चा सिंहसहित क्रान्तिकारीका पदाधिकारीहरुले त्रिवि उपकूलपति पा. डा. तीर्थराज खनियासमक्ष मागपत्र बुझाएका हुन् । मागपत्रमा देशकै ठूलो र पुरानो प्राज्ञिक थलोको रुपमा रहेको विश्वविद्यालयलाई शैक्षिक ठेकेदारहरुबाट हमला भएको आरोप लगाउँदै आम विद्यार्थीमाथिको भिवष्यमा खेलबाड भइरहेको उल्लेख गरिएको छ ।

‘विश्वविद्यालय प्रशासनको प्रमुख उपकुलपतिको कार्यालयमै १४१ दिनको तालाबन्दी, शिक्षाध्यक्ष, रजिष्टारको कार्यकक्षका महिनौ देखिका तालाबन्दी, त्रिवि सेवा आयोगको आंशिक प्राध्यापकहरुको तालावन्दी, विभिन्न विभागहरुमा भई राखेका तालाबन्दीले विश्वविद्यालय कुन अवस्थाबाट गुज्रिएको छ र यसका संचालकहरुबाट विश्वविद्यालय कसरी चलिरहेको छ भन्ने सजिलै अन्दाज लगाउन सकिन्छ’, पत्रमा भनिएको छ ।

क्रान्तिकारीले आजको दिनमा विश्वविद्यालयलाई समयानुकूल रूपान्तरणको माग राख्दै विद्यार्थीहरूलाई सर्वसुलभ ,विश्वसनीय र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गर्न १५ बुँदे माग प्रस्तुत गरेको हो । आफ्ना मागहरु तत्काल पूरा नगरी बेवास्ता गरी गैरजिम्मेवार बनेमा संगठनले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी समेत दिएको छ ।

यस्ता छन् क्रान्तिकारीका १५ बुँदे मागहरुः

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत