व्यर्थ छन् ती !


कान्तिपथ


जब तिमीले
अहोरात्र, अविरल, अविश्रान्त
श्रम गर्दा पनि
एक छाक माड तिम्रा पेटमा पर्दैन भने ?
निमिष भरमा तिम्रा ओधानका आगो निभ्छ भने ?
तिमीले बुझ्नुपर्छ ,
तिमीले यो जान्नुपर्छ ,
तिमीले गरेका ती श्रमहरु व्यर्थ छन् !
तिमीले गरेका ती श्रमहरु आफ्ना लागि हैनन् !
जब तिमीसँग
घाम, पानी र बादल छेक्न
तिम्रा आफ्नै एक झुप्रो हुँदैन भने ?
ती गगनचुम्बी भवनहरुमा
बगेका तिम्रा रगतका बुँदहरु,
अजङका सुन्दर महलहरुमा
चुहुएका तिम्रा पसिनाका थोपाहरु ,
अर्थहीन छन् ! बेकार छन् !

जब तिमीसँग
तिम्रा आफ्ना आँग छोप्न
तिम्रा आफ्नै एक झुत्रो कपडा हुँदैन भने ?
जब तिमीले रचेका कलाहरुलेनै
तिमी र तिम्रो अस्तित्वलाई स्विकार्दैन भने ?
तिमीले बुझ्नुपर्छ,
तिमीले यो जान्नुपर्छ,
तिम्रा ती शिल्पहरु,
तिम्रा ती कलाहरु,
तिम्रा ती मिहिनेतहरु,
व्यर्थ छन्, अर्थहीन छन् !

जब तिमीले
गाएका ती सुरम्य गितहरु नै
तिम्रा मुक्तिका , तिम्रा स्वतन्त्रताका गित हुँदैन भने?
तिमीले रचेका ती कृतिहरुमा नै
तिम्रा हक र अधिकारका वकालत गरिएको हुँदैन भने ?
तिमीले बुझ्नुपर्छ,
तिमीले यो जान्नुपर्छ ,
तिमीले गाएका ती गितहरु, गितनै हैनन् !
तिमीले रचेका ती कृतिहरु, कृतिनै हैनन् !

जब तिमीले
गिट्टी र बेल्चा चलाएर बनाएका
ती सडकहरुमा स्वतन्त्रसँग हिड्न पाउदैनौं भने ?
तिम्रा हात र नङ्ग्रो खिइएर बनेका
हावाजहाजहरुमा अविश्रान्त उड्न पाउदैनौं भने ?
तिमी प्रसवका पिडा बोध गर्दै बिच सडकमा मर्नुपर्छ भने ?
तिमीले बुझ्नुपर्छ,
तिमीले यो जान्नुपर्छ,
ती सडकहरु,
ती हावाजहाजहरु,
ती अस्पतालहरु,
तिम्रा कदापि हुनै सक्दैनन् !

ती सडकहरु, हावाजहाजहरु, अस्पतालहरु
व्यर्थ छन्, फगत अर्थहीन छन् !
त्यसैले म भन्छु,
तिमी आफ्न र आफू जस्ताहरुका
लागी ति श्रमहरु गर्ने गर !
तिमी आफ्न र आफू जस्ताहरुका
लागी ति झुपडीहरु बनाउने गर !
मुक्ति र स्वतन्त्रताका गितहरु गाउ !
हक र अधिकारका लागि लेख्ने गर !
तिमी आफ्नु र आफू जस्ताहरुका
लागि ति सडक, हावाजहाज, अस्पतालहरु बनाउने गर !
जे जे गर्छौं ती सबै ,
तिमी आफ्न र आफू जस्ताहरुका
लागी गर्ने गर !

  • सार्थक विद्रोही
    २०७९/०४/१३ , काठमाडौ
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत