शुक्रबार, अशोज २१, २०७९

प्लाष्टिकबाट सडक निर्माण


कान्तिपथ



जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खेर गएका प्लाष्टिकलाई उपयोग गरी सडक निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिका– ७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको हो । नगरपालिका–७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवंं पोखरास्थित ग्रिन रोड फोहर व्यवस्थापन प्रालिले प्राविधिक सहयोग गरेको थियो ।
उक्त सडक ३३० मिटर लामो छ भने सडकको चौडाई तीन दशमलव पाँच मिटर छ । सो कार्यका लागि २२० केजी प्लास्टिक प्रयोग भएको सूर्य नेपालका हुमनाथ अर्यालले बताउनुभयो ।

उक्त प्लास्टिक सेराटारका बासिन्दा र केही नगरपालिकाको फोहरमैला फाल्ने स्थानबाट सङ्कलन गरी ल्याइएको उहाँले जानकारी दिनुभयो । सडक निर्माणमा प्रयोग गरिएको प्लास्टिकले २० प्रतिशत अलकत्राको प्रयोग घटाउने अर्यालको भनाइ थियोे । पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकलाई सफा गरी आवश्यक तापक्रममा राखेर अलकत्रासँग मिसाएर प्रयोग गरिएको हो । केही महिनाअघि सूर्य नेपालको सहयोगमा प्लास्टिक जम्मा गर्न तालिम प्रदान गरी स्थानीय बासिन्दालाई प्लास्टिक जम्मा गर्न लगाइएको थियो ।
सडकमा प्लास्टिक प्रयोग भएपछि पानीले सडक चाँडो नबिग्रने, अलकत्राको प्रयोग कम हुने र आयात घट्ने व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिनुभयो । सडकका सबै संरचना निर्माणका लागि सूर्य नेपालले रु ४९ लाख र नगरपालिकाको रु तीन लाख लगानी गरेकोे बताइएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत