आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • समाज
  • इच्छाराज ‘काण्ड’ मा जोडिए अर्का श्रीमान : यी आरोप लाएर न्यायपरिषद्मा उजुरी !

इच्छाराज ‘काण्ड’ मा जोडिए अर्का श्रीमान : यी आरोप लाएर न्यायपरिषद्मा उजुरी !


कान्तिपथ


साढे आठ अर्ब बढी निक्षेप रकम अपचलन गरेको आरोपमा जेल पुगेका बैंकर, घरजग्गा व्यवसायी तथा एमाले संविधान सभा सदस्य इच्छाराज तामाङको विवादित सम्पत्तिसँग जोडिएको भन्दै काठमाडौं जिल्ला अदालतका अर्का न्यायाधीश अम्बिका निरौला पनि मुछिएका छन् । इच्छाराजको शंकास्पद कारोबारमा संलग्न भनिएका कास्कीका एमाले नेता लालकाजी गुरुङविरुध्दको मुद्दामा विवादास्पद आदेश दिएकोे आरोप लगाउँदै न्यायाधीश निरौलाविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ ।

उजुरीमा गुरुङ्गले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीबाट लिएको ३८ करोड रुपैयाँ ऋण तिर्न नपर्ने आदेश गरेकोले न्यायाधीश निरौलामाथि छानबिनको माग गरिएको हो । गत चैत १४ गते सर्वोच्च अदालतले काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटेनीमार्फत् पत्र पठाएर काठमाडौँ जिल्ला अदालतका न्यायाधीशद्वय अम्बिकाप्रसाद निरौला र सूर्यप्रसाद अधिकारीलाई सर्वोच्च अदालतमा हाजिर हुन भन्यो । न्यायाधीशद्वयलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमै काज अर्थात् जगेडामा रहने गरी जिम्मेवारीबाट मुक्त गरिदिएका थिए ।

न्यायाधीश अम्बिकाप्रसाद निरौलाको हकमा अपहरण मुद्दाका अभियुक्तलाई भारतीय नागरिक भन्दै सफाइ दिएको, २२ करोड ठगीको अभियोग लागेका मिटरब्याजीलाई सफाइ दिएको र यी दुईवटै फैसलामा गम्भीर त्रुटि देखिएको भन्दै कारबाहीस्वरुप तत्काललाई सर्वोच्च अदालत काजमा तानिएको हो ।

निरौलाले मिटरब्याजी गणेश उप्रेतीलाई सफाइ दिएका थिए । २२ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको र थोरै पैसा दिएर धेरै पैसा तिर्न बाध्य बनाएको भन्दै पीडितहरूले दिएको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उप्रेतीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । निरौला काठमाडौँ जिल्ला अदालतका २५ औँ वरियताका न्यायाधिश हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत