आइतवार, अशोज ९, २०७९

गाउँपालिकाका अधिकृत सरकारी बाईक सहित मसाज सेन्टरबाट कर्याप्प्पै !


कान्तिपथ


नुवाकोटको शिवपुरी गाउँपालिकाका वरिष्ठ अधिकृत ज्ञानेन्द्र भट्ट ललितपुरको एक मसाज सेन्टरबाट पक्राउ परेका छन । केही समयसम्म गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भट्ट नयाँ प्रशासकीय अधिकृतको रूपमा बसन्त कार्की आएपछि केही दिनको बिदा लिएर हिडेँका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित भट्ट प्रहरी नियन्त्रणमा परेका हुन । उनी गाउँपालिकामा विदा लिएर काठमाडाैँ गएका थिए ।

सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका भट्टको बारेमा प्रहरीकोमा खबर पुगेपछि प्रहरीले सरकारी सवारीसाधनसहित नियन्त्रणमा लिएको थियो ।

कार्यालय समयमा सरकारी सवारीसाधनसहित कर्मचारी मसाज सेन्टरमा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।प्रहरीले अपरान्ह ४ः ३० बजे मोटरसाइकलसहित पक्राउ गरेको भट्ट अहिले प्रहरीबाट मुक्त भैसकेका छन ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत