मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रीसहित सबै मन्त्रालयका सचिवहरुको बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रीसहित सबै मन्त्रालयका सचिवहरुको बैठक


कान्तिपथ


sharethis sharing button

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्री र मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा मंगलबार दिउँसो (अहिले केही बेरपछि) बस्ने गरी मन्त्री र सचिवहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए। 

बजेट कार्यान्वयन, अर्थतन्त्रमा देखिएका समस्या, आगामी निर्वाचन तथा विपत्‌ प्रतिकार्य लगायतका विषयमा छलफल र निर्देशन दिन प्रधानमन्त्रीले सबै मन्त्री र सचिवहरुको बैठक डाकेका हुन्। 

प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मन्त्रालयगत योजनासहित उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशन समेत दिएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत