आइतवार, अशोज ९, २०७९

शान्त मेयर चिरिबाबुले किन झपारे आईजीपी सिंह ?


कान्तिपथ


प्रहरीले छापामार शैलीमा नख्खु-एकान्तकुनाको वानवे हटाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आफैं गएर पुनः सुरू गरेका छन्। मंगलबार बिहान १० बजे प्रहरीले आफ्नो कार्यक्षेत्रमा महानगरले हस्तक्षेप गरेको भन्दै नख्खु र एकान्तकुनामा महानगरले बनाएको वानवे हटाएको थियो।

नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको वान वे हटाएको थियो। प्रहरीले हटाएको वानवेलाई केही समयपछि मेयर महर्जन नगरप्रहरीसहित गएर उक्त क्षेत्रमा पुनः एकतर्फी सुरू गरेका हुन्। यो क्षेत्रमा वान वे सुरू गरेदेखि दुर्घटना र सवारी जाम शून्य भएको दाबी गर्दै मेयर महर्जनले स्थानीयले महानगरको कामलाई पुरा साथ दिएको बताए।

उनले आइजी सिंहलाई आफूले पहिलो पटक ललितपुरमा वान वे नगरेको स्मरण गर्दै चार चार पटकसम्म वान वे गर्दा सुरूमा प्रहरीलाई पत्र पठाएका जिकिर गरे। उनले प्रहरीलाई चुनौती दिँदै भने, ‘तपाईंहरूले बोर्ड हटाएको ठाउँमा म आफैं आएर अहिले पुन ‘वान वे’ सुरू गरेको छु। अब चै नझिक्नुहोला। प्लिज डु नट डिस्टर्ब मी।’

महानगरका मेयर चिरीबाबु महर्जनले वान वे वनाएसंगै सवारी जाम हटेको दावी गरेका छन् । उनले सवारी व्यवस्थापन मात्र नभई यसले दुर्घटना नियन्त्रण समेत भएको दावि गरे । तर, प्रहरीले एकलौटी ढंगले वान वे हटाएकोमा भने उनले आक्रोस व्यक्त गरे ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी चौधरीले आफु अर्को बैठकमा रहेकाले यसबारेमा प्रवक्तालाई सोध्न आग्रह गरिन् । प्रहरीले महानगरसंग समन्वय नगरेर एकतर्फि रुपमा वान वे हटाएपछी दुवै निकायबीच विवाद उत्पन्न भएको छ । ललितपुर महानगरका मेयर महर्जनले यसबारेमा ट्राफिक प्रहरी प्रमुख चौधरीसंग आफ्नो आक्रोस पोखेका छन् । उनले महानगरले हावाको भरमा त्यस्तो नगरेको भन्दै प्रहरीले ज्यादती गरेको बताएको स्रोत बताउंछ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत