शुक्रबार, अशोज २१, २०७९
  • गृहपृष्‍ठ
  • प्रशासन
  • लुम्बिनीमा रिसोर्ट खोल्ने अर्बपतिको योजना चौपट : यसरी ब्भायो भताभुङ्ग !

लुम्बिनीमा रिसोर्ट खोल्ने अर्बपतिको योजना चौपट : यसरी ब्भायो भताभुङ्ग !


कान्तिपथ


लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज भएको छ । लुम्बिनी विकास कोष परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले अनुमति खारेज गर्ने निर्णय गरेको हो ।

लुम्बिनी क्षेत्रको गुरुयोजनाविपरीतको क्याम्पेन ग्राउण्डको जग्गा ‘संसारा वेलनेस’ नामक निजी कम्पनीलाई रिसोर्ट सञ्चालन गर्न दिने गत वैशाख १९ गतेको निर्णय खारेज भएकाे हाे ।

परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।

लुम्बिनीमा जाने पर्यटकलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । विद्युतीय बस सञ्चालनले सो क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनमा जाने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत