आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमालेमा लागेर ६ महिने मन्त्री खाएका मणि थापाको कथन : एमाले दक्षिणपन्थी हो !

एमालेमा लागेर ६ महिने मन्त्री खाएका मणि थापाको कथन : एमाले दक्षिणपन्थी हो !


कान्तिपथ


नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले नेकपा एमाले दक्षिणपन्थी पार्टी भएकाले काम नलाग्ने बताएका छन्। एमालेजस्तै नेकपा माओवादी लगायतका कुनै पनि पार्टी काम नलाग्ने भएकाले विद्रोह गरेर नयाँ ‘र्‍याडिकल वामपन्थी’ पार्टी बनाउनुपर्ने थापाको विश्लेषण छ।

‘अहिले नेपालमा भएका सबै दक्षिणपन्थी कम्युनिस्ट हुन्। अहिले म एमालेमा छु, यो दक्षिणपन्थी कम्युनिस्ट हो’ काभ्रेको पनौतीमा आयोजित एक अन्तरक्रियामा सम्वोधन गर्दै एमाले नेता थापाले भने।

पूर्वमन्त्रीसमेत रहेका एमाले नेता थापाले अगाडि भने, ‘घनश्याम भुसालले एमालेभित्र र्‍याडिकल वामपन्थको दस्तावेज प्रस्तुत गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? म यसमा सहयोग गर्छु। राम कार्कीले माओवादीभित्र नयाँ दस्तावेज निकाल्न सक्नुहुन्छ कि सक्नुहुन्न? अहिलेका यी पार्टी कुनै काम लाग्दैनन्।’

माओवादीबाट विद्रोह गरेर रामबहादुर थापा बादलसँगै एमाले प्रवेश गरेका मणिले अब नयाँ वाम पार्टीको आवश्यकता रहेको बताए। एमाले मै लागेर उनी ६ महिने मन्त्री बनेका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत