बिहिबार, मंसिर २१, २०८०

नयाँ पुस्तालाई राजनीतिमा आउन अध्यक्ष बिजुक्छेँको आह्वान


कान्तिपथ



नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि स्वच्छरूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरमा मङ्गलबार आयोजना गरिएको पुस्तक चर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमान्दारीपूर्वक देश र जनताका लागि समर्पित हुने भावनाले नयाँ पुस्ता अब राजनीतिमा आउनै पर्छ ।” उहाँले देश परिवर्तनका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको औँल्याउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत