आइतवार, अशोज ९, २०७९

फर्जी हाजिरी र रासन घोटाला विरुद्ध बोल्दा हवल्दारलाई जन्मकैद ?


कान्तिपथ


दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका वासिन्दा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंहलाई आफ्नै संगठन भित्रबाट फसाउन खोजिएको छ । गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको अभियोग लगाएर फसाउन खोजिएको हो ।

४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा जेल पुगेका छन् । झुठो हाजिरी विवरण बनाएर पैसा पचाउनेको उनले निँद हराम गराएका थिए । ०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा छन् ।

जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइएको छ ।

यता उपत्यकाका केहि गण र गुल्ममा झुठो हाजिरी बनाएर हाकिमहरुले राशनमा बदमासी गरेको पाईएको छ । हाकिमहरुले बिदा छोडिएका प्रहरी जवानहरुको समेत फर्जी हाजिरी खडा गरेको भेटिएपछि राशन पानीमा ठूलै घोटालाको आशंका गरिएको हो । हाजिरीमा जनाइएका भन्दा आधा संख्यामा मात्रै कर्मचारी ड्युटीमा भेटिएपछि सशस्त्र मुख्यालयले उपत्यका हेर्ने पशुपति बाहिनीलाई पत्र काटेर स्पष्टीकरणसमेत सोधेको स्रोत बताउछ ।

१८ नम्बर गण (नीलबाराही,कीर्तिपुर र चोभार) मा ४३६ जनाको हाजिरी जनाइएकोमा अनुगमनका बेला जम्मा २०८ जना मात्र ड्युटीमा भेटिएका थिए । विपद व्यवस्थापन, सिनामंगल-एअरपोर्टस्थित २० नम्बर गणमा २८१ जनाको हाजिरी रहेकोमा १४७ जनामात्रै कार्यक्षेत्रमा उपस्थित थिए ।

२१ नम्बर (दक्षिणकाली- खुमलटार) गणमा हाजिरीमा २६१ जना थिए, तर अनुगमन टोली पुग्दा ७१ जनाको उपस्थिति भेटियो । २२ नम्बर (गुह्येश्वरी-भक्तपुर) गणमा ३४९ जनाको हाजिरी रहेकोमा १७३ जना र २४ नम्बर गुल्म (जमल)मा १३३ जनाको हाजिरी रहेकोमा ५० जना मात्रै ड्युटीमा भेटिएको पत्रमा उल्लेख छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत