आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • युक्रेन पठाइदिन्छु भन्दै ३१ करोड ८६ लाख ठग्ने मेरिगोल्ड म्यानपावरविरुद्ध मुद्धा

युक्रेन पठाइदिन्छु भन्दै ३१ करोड ८६ लाख ठग्ने मेरिगोल्ड म्यानपावरविरुद्ध मुद्धा


कान्तिपथ


मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर भएको छ। वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको उक्त म्यानपावरका सञ्चालक र कर्मचारीविरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको हो। मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारबाही गरिने विभागले जनाएको छ।

संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाई ठगी गरेको भन्दै उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो।

विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, भावनी प्रसाद कोइराला, यामबहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको मुद्दा दायर गरिएको हो। गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत