मङ्लबार, अशोज ११, २०७९

मन्त्रिपरिषद् बैठक बस्दै: मङ्सिर ४ मा चुनाव घोषणा हुनसक्ने !


कान्तिपथ


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बिहीबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले कान्तिपथलाई जानकारी दिए।

‘दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ,’ ती मन्त्रीले भने, ‘सायद आजको बैठकबाट चुनावको मिति घोषणा हुनसक्छ’ । यद्यपी बैठकका कार्यसूचीबारे भने मन्त्रीहरुलाई जानकारी गराइएको छैन्। बुधबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी ४ मंसिर गते आम निर्वाचन गर्ने सहमति गरेको थियो।

यसअघि निर्वाचन अयोगले २ मंसिरमा निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो।

आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सत्ता गठबन्धनको सहमति छ। गठबन्धनमा आगामी फागुनसम्म निर्वाचन सार्नेबारे पनि कुरा भएको थियो। तर, मंसिर १० को समयावधिभित्र परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन तयारी भएको हो। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत