शुक्रबार, अशोज २१, २०७९

५० लाख सहित कपनबाट हुण्डी कारोबारी पक्राउ


कान्तिपथ


हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधबार राति कपनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले कपनको भृकुटी चोकबाट एक जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग कपन र प्रहरी वृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले गोरखा घर भई हाल काठमाडौं तीनचुली बस्ने २४ वर्षीय धावा घ्याल्चेनलाई पक्राउ गरेको हो।

भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

घ्याल्चेनले नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र उनले उताबाट पैसा पठाउने गरेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन्। सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशंका रहेको जनाउँदै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत