कलेजका विद्यार्थीको ग्याङ्ग फाईट: चक्कु हानेर फरार !


कान्तिपथ


कैलालीमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। चक्कु प्रहारबाट २२ वर्षीय इडेन सुनार घाइते भएका हुन्। उनको दाहिने हातखुट्टा र घाटीमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई बचाउने क्रममा जुद्धबहादुर साउद घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको छ।

घोडाघोडी बहुमुखी क्याम्पस सुखडदेखि बसमा घरतर्फ जाँदै गरेका उनलाई घोडाघोडी नगरपालिका–४ डोकेबजारमा चक्कु प्रहार भएको प्रहरीले बताएको छ।

सोही क्याम्पसमा अध्ययनरत सुनिल आउजी, पुष्कर भाट लगायत अन्य पहिचान नखुलेका दुई जना मिलेर चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत