शुक्रबार, अशोज २१, २०७९

एमालेसँग गठबन्धन वा एकता हुन पनि सक्छः अनन्त


कान्तिपथ


नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुन सक्ने बताएका छन्।

विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए।

सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारे। हिजो एक टेलिभिजन अन्तर्वार्ताको क्रममा उनले उक्त कुरा बताएका हुन् ।

पुनले एमाले नेताहरूसँग आफूहरूको संवाद भइरहेको समेत खुलासा गरे। दिर्घकालीन रूपमै कांग्रेससँग सहकार्यको नीतिमा आफूहरू नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए।

पुनले संविधान र व्यवस्था बचाउन कांग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको स्पष्ट गरे। आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रूपमा रहेको र संविधान विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गरे। मन्त्री पद नै छाडेर कांग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धसँग आफ्नो लगाव रहेको उल्लेख गरे।

यद्यपि कांग्रेस एक्लै चुनावमा जाँदा यसअघिको २३ सिटबाट खुम्चिने उनले बताए। अघिल्लो निर्वाचनबाट माओवादी प्रत्यक्षतर्फ ३७ सिटसहित दोस्राे दल बनेको कुरालाई कांग्रेसले हेक्का राख्नुपर्ने उल्लेख गरे। माओवादीसँग नमिले २३ सिटबाट तल झर्ने यथार्थलाई बुझ्न कांग्रेस नेतृत्वलाई चेतावनी दिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत