शनिबार, अशोज ८, २०७९

ओलीसँग चुनाव लड्न रञ्‍जित तामाङ्गले मागे प्रचण्डसँग टिकट


कान्तिपथ


नेकपा माओवादी केन्द्रीय सदस्य तथा चर्चित पुर्व विद्यार्थी नेता रन्जित तामाङले झापाबाट चुनाव लड्ने घोषणा गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट आसन्न चुनाव उठ्ने तामाङले घोषणा गरेका हुन् ।

बुधबार ऋषि धमलासँग एक टेलिभिजन अन्तर्वार्तामा उनले उक्त घोषणा गरेका हुन् । प्रतिगमनको सामना गर्नुपर्ने ठाउँबाट चुनावमा उठ्न खोजेको तामाङको भनाइ छ । तामाङ्ग र ओली दुवै झापाका हुन् ।

झापाबाट चुनाव उठ्दा जनताले अनुमोदन नगरेको खण्डमा पनि त्यसलाई सहर्ष स्वीकार्ने तामाङले उल्लेख गरे । ‘जनताले अनुमोदन नगरेको खण्डमा कुनै आरोप र टिप्पणी गर्ने छैन ।’

‘जसबाट हामीले देशको विकास र समृद्धिको अपेक्षा गर्यौं उसैले विकास र समृद्धिकोविरुद्ध धावा बोल्यो त्यहीँबाट म चुनाव लड्न चाहन्छु,’ तामाङले भने, ‘गठबन्धनलाई टिकट दिन अनुरोध गरेको गरेको छु, हामी विधि र पद्धतिमा छौँ । कुनै स्वतन्त्र उम्मेदवारले घोषणा गरे जस्तो गरेर हिँड्न मिल्दैन ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत