आइतवार, अशोज ९, २०७९

ताइवान विवाद उत्कर्षमा : चीनद्वारा २ मिसाइल प्रक्षेपण


कान्तिपथ


ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ ।

अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारिन जो–पियरेले सभामुखलाई आफूले चाहेको ठाउँमा जान पाउने अधिकार रहेको बताएकी छिन् । ह्वाइट हाउसको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै क्यारिन जो–पियरले भनिन्, ‘हामीले सहायता मात्रै प्रदान गर्छौँ । उनी कहाँ जाने भन्ने विषयमा हामी निर्णय गदैनौँ ।

यो उनकै निर्णय हो । तपाईंलाई थाहा नै छ कि राष्ट्रपति आफैँ ३६ वर्षसम्म सिनेटर थिए । त्यसैले उनले यो तथ्य बुझ्नेछन् । तर यसले अमेरिकाको दीर्घकालीन नीतिमा कुनै असर भने पार्दैन ।’

चीनको चेतावनी पछि पनि न्यान्सी पेलोसीले ताइवानको यात्रा गरिन् । चीनले आफ्नो ‘एक चीन नीति’ अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मानेको छ । पेलोसीको भ्रमणपछि चीनले भयानक परिमाणको चेतावनी दिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत