सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित हुने प्रचलन रहेको छ ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।
अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरण संघीय संसद र प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको हो। मतदानको दिन आइतबार परेको छ। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।