आइतवार, अशोज ९, २०७९

बालुवाटारमा गठबन्धनको बैठक: सिट बाँडफाँटका लागि समिति बन्दै


कान्तिपथ


सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि बैठक बोलाइएको गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो। सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक सत्ता गठबन्धनका नेताहरु बसेर छलफल गर्न लागिएको हो।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रको बाँडफाँटबारे आजको बैठकमा छलफल हुने गठबन्धनका एक नेताले जानकारी दिए।

यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो।

३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरु देखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ। पाँचै दलबाट कम्तीमा दुईजना रहेको समिति बन्न सक्ने सम्भावना छ। पाँचै दलबाट कम्तीमा दुईजना रहेको समिति बन्न सक्ने सम्भावना छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत