माओवादीबाट फुटेका २ पार्टी एकआपसमा मिल्दै


कान्तिपथ


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

क्रान्तिकारी मा‌ओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् ।

संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत