भोजपुरमा सुदन किराँतीलाई कति सहज ? दुई मुख्यमन्त्रीसंगै मैदानमा !


कान्तिपथ


विनोद घिमिरे, कान्तिपथ । सरकारले २०७९ मंसिर ४ गते एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गृहजिल्ला भएका कारण पनि पूर्वी पहाडको जिल्ला भोजपुरलाई चासोका साथ हेरिएको छ । गृहजिल्ला भोजपुर भएका पनि उनी सुनसरीबाट चुनाव लड्ने तयारीमा छन् ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रभावशाली नेता सुदन किराँतीले जितेका थिए भने प्रदेशसभामा शेरधन राई र राजेन्द्र राईले जिते। प्रदेशसभा जितेका दुवै राई प्रदेश नं १ को मुख्यमन्त्री समेत बने ।

गत निर्वाचनमा बाम गठबन्धन भएका कारण चुनावमा कांग्रेसले हार व्यहोरेको थियो । आगामी प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन बन्दा कसले टिकट पाउने भनेर समस्या देखिएको छ भने एमालेले पूर्व मुख्यमन्त्री शेरधन राईलाई उम्मेदवार बनाउने लगभग पक्का जस्तै छ । कांग्रेस, माओवादी र एमाले फुटेर बनेको एकीकृत समाजवादी अहिले गठबन्धनमा छन् । राजेन्द्र राई एमाले छाडेर समाजवादी बनेका नेता हुन् । उनी समाजवादीको केन्द्रीय सचिव पनि हुन् ।

बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि भोजपुरबाट नै चुनाव लड्ने तयारीमा छन् । २०७४ सालको निर्वाचनमै उनी प्रतिनिधि सभामा उठ्न चाहन्थे तर गठबन्धन हुँदा भोजपुर माओवादीको भागमा परेको थियो । राईले अब प्रदेशमा नउठ्ने बरु प्रतिनिधि सभामै उठ्ने तयारीमा छन् । पुर्व मुख्यमन्त्री राई यौन हिँसा गरेको भन्दै बेला बेला बालिका खड्कासंग नाम जोडेर आउने गरेका छन् ।

बहालवाला प्रतिनिधिसभा सदस्य सुदन किराँती भोजपुरमा तेश्रोपटक जित्न चाहन्छन । उनी भोजपुरबाट २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । २०७० सालमा उनले पराजय भोग्नुपरेको थियो । २०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा विजयी बनेका थिए ।

अघिल्लो निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका उमेशजंग रायमाझी अहिले पनि चुनावी मैदानमा उत्रिने तयारी छन् । जिल्ला सभापति विनोद बान्तवा पनि टिकटको दाबेदारी गरिरहेका छन्। वडा अध्यक्षको मत हिसाब गर्दा भोजपुरमा एमालेको २७६५६, कांग्रेसको २३५९९, माओवादीको १४७४१ तथा समाजवादीको १९४५ मत रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत