सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनावी मैदानमा भिड्ने


कान्तिपथ


जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएका छन् । डा. राउतले बिहीबार जनकपुरधाममा जनमत पार्टीको बसेको बैठकमा आफूलाई सप्तरी-२ बाट पार्टीका तर्फ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको र उक्त छलफल अनुसार नै त्यहीं क्षेत्रबाट चुनाव लड्ने डा. राउतले भने ।

अघिल्लो निर्वाचनमा सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए। यस पटकको चुनावमा पनि यही क्षेत्र बाट चुनावमा लड्ने तयारी गरिरहेका अध्यक्ष यादवलाई भने जनमत पार्टीका अध्यक्ष सिके राउतले कडा चुनौती दिने भएका छन् ।

सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको अवस्थामा नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका र चुनावी तयारीमा लागेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत