सत्तारुढ पाँचदलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो ।
स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत गठन भएको छ । ‘आजको बैठकमा कार्यदल बनाउने र त्यसैमार्फत अघि बढ्ने निर्णय भएको छ’, एक नेताले भने, ‘सिटको दावी कसले कति भनेर छलफल भएन ।’
यसअघि काँग्रेसले ९५ देखि १०० सिट आफुले पाउनुपर्ने बताउदै आएको छ भने माओवादी केन्द्रले ५० माथि दावी गर्दै आएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २० र जनता समाजवादीले १५ देखि २० सिटमा दावी गर्ने नेताहरुले बताउदै आएका छन् ।