• गृहपृष्‍ठ
  • सुरक्षा
  • प्रचण्डका पीएसओ फेरिए: सुरक्षाको कमाण्ड अब डीएसपी सिद्धराज न्यौपानेले सम्हाल्ने !

प्रचण्डका पीएसओ फेरिए: सुरक्षाको कमाण्ड अब डीएसपी सिद्धराज न्यौपानेले सम्हाल्ने !


कान्तिपथ


पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् ।

दाहालको सुरक्षामा नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा सुरक्षा टोली खटाउँदै आएको छ । प्रहरी प्रधान कार्यालयले डीएसपी सिद्धराज न्यौपानेलाई दाहालको पीएसओको रुपमा खटाएको हो । डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रमुख थिए ।

यसअघि सुरक्षाको कमान्ड गरिरहेका तत्कालीन डीएसपी नरेशराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले न्यौपानेलाई दाहालको सुरक्षा कमान्डरको जिम्मेवारीमा खटाएको हो ।

दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत