पाल्पाको चुनाव : माधव नेपालका सम्धी ‘रेड जोन’मा !


कान्तिपथ


विनोद घिमिरे, कान्तिपथ । सरकारले २०७९ मंसिर ४ गते एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेको छ । पाल्पामा प्रतिनिधि सभातर्फ २ वटा निर्वाचन क्षेत्र छन् । पाल्पाका १० स्थानीय तहमध्ये एमालेले स्थानीय तह निर्वाचनमा ६ पालिकामा एकल जीत निकालेको छ । अनेरास्ववियुका पूर्व अध्यक्ष तथा एमालेका पोलिटब्यूरो सदस्य नेता ठाकुर गैरे पहिलो पटक चुनाव उठ्ने तयारी गर्दैछन । उनी सँगैका नेताहरु पार्टीदेखि सत्ताको बागडोरमा पुगिसकेका छन् ।

पार्टीका अन्य नेताहरु लाखापाखा लागेपछि गैरेलाई बल्ल सांसदको उम्मेदवार बन्न टिकट पाउने ढोका खुलेको छ । आगामी मंसिर वा फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी पाल्पाको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्ने सम्भावना छ ।

२०५१ सालदेखि २०७४ सालसम्मका सबै निर्वाचनमा चुनाव लडेका सोमप्रसाद पाण्डे एमाले छाडेर नेकपा एसमा लागेसँगै बल्ल गैरेका लागि चुनावी ढोका खुलेको छ । पाण्डे अहिले पनि एमाले कै सांसद भएपनि उनका सम्धी माधवकुमार नेपाल एकीकृत समाजवादीका अध्यक्ष छन् ।

पाण्डे गत निर्वाचनमा ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५५ मत ल्याएका थिए । २ नम्बर क्षेत्रमा कांग्रेसबाट केन्द्रीय सदस्य हरिप्रसाद नेपाल पनि उम्मेदवार हुने चर्चा छ ।

१ नम्बर क्षेत्रमा एमालेबाट सांसद तथा पूर्व मन्त्री दलबहादुर राना र पूर्व सांसद तथा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल चर्चामा छन् । कांग्रेसबाट १ नम्बर क्षेत्रमा कांग्रेस पाल्पाका निवर्तमान सभापति एवं लुम्बिनी प्रदेशका मन्त्री वीरबहादुर रानाको चर्चा छ । २०७४ सालमा रानाले कांग्रेसका विजयराज घिमिरेलाई पराजित गरेका थिए ।

राना ३२ हजार ५४९ मतका साथ विजयी हुँदा घिमिरेले २३ हजार ९९३ मत ल्याएका थिए । २०७० सालमा पनि राना र घिमिरेबीच नै प्रतिस्पर्धा हुँदा राना विजयी भएका थिए । माओवादी केन्द्रका प्रदेश सांसद तुलाराम घर्ती मगर पनि संघिय सांसदका दाबेदार हुन् । वडाअध्यक्षले प्राप्त गरेको मतको आधारमा क्षेत्र नं १ मा एमालेको ३४७७१, कांग्रेस २७१५०, माओवादी ११६४ र राप्रपा २२३ रहेका छन् । त्यसैगरी क्षेत्र नं २ मा एमाले ३०५६६, कांग्रेस २९०३९, माओवादी ४३१३ र समाजवादी ४३३ मत रहेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत