बुधबार, बैशाख १२, २०८१
  • गृहपृष्‍ठ
  • शिक्षा
  • चक्रवती कलेजको चर्को शुल्क वृद्धिबारे शिक्षामन्त्रीलाई क्रान्तिकारीको ध्यानाकर्षण

चक्रवती कलेजको चर्को शुल्क वृद्धिबारे शिक्षामन्त्रीलाई क्रान्तिकारीको ध्यानाकर्षण


कान्तिपथ


चक्रवती ल कलेजको शुल्क वृद्धिको विरोधमा पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारी) ले शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । शैक्षिक शत्र २०७९/८० बाट शुरु हुने ५ वर्षीय B.A.LLB तर्फको शुल्क वृद्धि गरेर रु. ७,१६,४०० बाट रु. १०,७०,००० २२ वर्षीय LLM तर्फको शुल्क वृद्धि गरेर रु. ३,२३,००० बाट रु. ५,४८,००० निर्धारण गरिएको कदमले विद्यार्थीहरुलाई आन्दोलित बनाएको छ ।

विभिन्न माग राखेर विद्यार्थीहरुले आन्दोलन गर्दै आएको आज १५ दिन जति भएको छ । तर कलेज प्रशासन वाट कुनै पहल भएको देखिँदैन । उल्टै कलेज प्रशासनले नै कलेजमा तालाबन्दी गरेर सञ्चालकहरु फरार भएका छन् ।

विभिन्न चरणको आन्दोलनमा त्यहाँका विद्यार्थी नेताहरुमाथि पुलिस प्रशासन लगाएर दमन गरेको छ । उक्त दमनमा परी विद्यार्थी नेता दीर्घ रोकाया लगाएतका नेताहरु घाइते भएका छन् । अखिल क्रान्तिकारी राष्ट्रिय भेला आयोजक कमिटीका केन्द्रीय संयोजक पवन कार्की , संगठन विभाग प्रमुख बालकुमार केसी लगाएत नेताको उपस्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल (सुनिल) लाई इकाई अध्यक्ष शम्भु पन्त लगाएतका नेताहरुले ज्ञापन पत्र बुझाएका हुन् । शिक्षामन्त्रीले उक्त ज्ञापन पत्र बुझ्दै समस्या समाधान गर्न र घटनाको आवश्यक छानबिन गर्नको निम्ति विश्वविद्यालयलाई निर्देशन दिएको अखिल (क्रान्तिकारी) को केन्द्रीय प्रवक्ता उपदेश यादवले जानकारी गराए ।

यस्तो छ ज्ञापन पत्र :
हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सदैव विद्यार्थीहरुको हकहितका र शैक्षिक रुपान्तरणका पक्षमा निरन्तर लडदै आएको कुरा सर्वविदित नै छ र लडिरहने छ साथै शैक्षिक क्षेत्रको हरेक बेथिति, विसंगति र भष्ट्रचारको विरुद्ध संघर्षमा सदा अग्रमोर्चामा रहिआएको छ । विद्यार्थीहरुको शैक्षिक अधिकार प्रत्याभूति गर्ने कलेज प्रशासनको कर्तव्य हो तर आफ्नो कर्तव्यको पालना गर्ने बहानामा कुनै पनि मापदण्डको पालना नगरी काठमाडौं, बिजुलीबजार अवस्थित पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त चक्रवर्ती हावी एजुकेशन एकेडमी (कलेज अफ ल) ले शैक्षिक शत्र २०७९/८० बाट शुरु हुने ५ वर्षीय B.A.LLB तर्फको शुल्क वृद्धि गरेर रु. ७,१६,४०० बाट रु. १०,७०,००० २२ वर्षीय LLM तर्फको शुल्क वृद्धि गरेर रु. ३,२३,००० बाट रु. ५,४८,००० निर्धारण गरिएको कदमले एकातिर बढ्दो आकर्षणमा रहेको कानुन शिक्षाको पहुँचलाई बुम्ब्याउछ भने अर्को तिर बिना उपयुक्त पुर्वाधार यत्रो शुल्क लिनु सरासर अनुपयुक्त र अव्यवहारिक भएको छ जुन बेदजनक कुरा हो ।
यसै क्रममा कलेज प्रशासनले अनुचित रूपमा शुल्क बढाए पछाडि संयुक्त विद्यार्थी संगठनका तर्फबाट चरणबद्ध रुपमा समय समयमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउने देखि लिएर पहिलो पटक मिति २०७९/०४/०८ गते कलेज प्रशासनमा ताला लगाउने र बार्ता सम्मका काम गर्दा पनि माग सम्बोधन नभए पछी दोस्रो पटक २०७९/०४/०९ गते संयुक्त विद्यार्थी संगठनका तर्फबाट कलेज प्रशासनमा ताला लगाएका थियौं तर कलेज प्रशासनले मिति २०७९/०४/१० गते एकतर्फी रूपमा ताला खोल्यो जुन कदमले कलेज प्रशासन विद्यार्थीहरुका जायज मागपती उदासीन भएको देखियो साथै गौरवशाली इतिहास बोकेको सिशे विद्यार्थी आन्दोलनलाई अनादर गर्न दुस्प्रयास पनि गर्यो, जुन आफैमा घोर आपत्तिजनक, नालाएकी र गैरजिम्मेवार कदम हो ।

उक्त अवस्थाको प्रतिकार स्वरुप संयुक्त विद्यार्थी संगठनले कलेजको प्राङ्गणमा शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा कलेज प्रशासनको ठाडो आदेशमा छापामार शैलीमा कलेजको मन्द हाता भित्र भनेश्वर, कोटेश्वर र अनामनगर वृत्तका प्रहरी र गरुड सेक्युरिटीबाट खटाएका व्यक्तिगत सुरक्षागार्ड लगाइ कलेज पोशाकमा आन्दोलनरत विद्यार्थीहरु माथि निर्घात कुटपिट र धरपकड गरियो। जसका कारण नेपाल विद्यार्थी संघ चक्रवर्ती न कलेजका सभापति अभिनव सिंह राठौर र विद्यार्थी नेता सफल कटुवाल लगायतका साथीहरू गम्भीर घाइते हुनपुग्नु भयो भने अखिल (क्रान्तिकारी) चक्रवर्ती ल कलेजका सचिव दिर्घ रोकाय अङ्गभङ्ग हुने गरि आक्रमणमा पर्नुभयो । साथै अनेरास्ववियु चक्रवर्ती न कलेजका अध्यक्ष नरेश धामी र ने. वि. संघ चक्रवर्तीका सचिव राजेन्द्र रोकाया र सुरज रेग्मीलाई हिरासतमा राखियो। कलेज प्रशासनको आदेश र रोहवरमा भएका यस्ता ज्यादती पूर्ण कदम घोर भत्सर्ना योग्य छन्।

यसै सम्बन्धमा शिक्षा मन्त्रालय समक्ष निम्न मागहरु राख्दछौ:

१) मन्त्रालय बाट आवश्यक पहल गर्दै कलेज प्रशासन लाई बार्ता मार्फत विद्यार्थीको माग सम्बोधन गर्न पहल गरियोस्।

૨) आन्दोलनरत विद्यार्थी पक्ष र कलेज प्रशासन बीच वार्ताको वातावरण बनाइ दिन पहल गरियोस् ।

३) चक्रवर्ती कलेजबाट २०७९ साल B.A.LLB उत्तीर्ण भएका विद्यार्थीहरुको धारको परिक्षा नजिकीदै छ । बारको परिक्षामा समावेश हुनको लागि चाहिने अति आवश्यक कागजपत्र मध्य Character Certificate एक हो तर कलेज प्रशासनले Character Certificate उपलब्ध नगराई अर्को सूचना प्रकाशित नभए सम्म सम्पुर्ण प्रशासनिक कार्यहरु स्थगित गरेकोले यसको प्रत्यक्ष असर विद्यार्थीहरुको भविष्यमा पर्ने हुँदा यथाशीघ्र अवस्थामा कलेज प्रशासनलाई सम्पूर्ण B.A.LLB उत्तीर्ण गरेका विद्यार्थीहरुको Character Certificate उपलब्ध गराउन निर्देशन दिइयोस् ।

४) पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको एउटै संकायका कलेजहरुमा कुनै कजेललाई निर्धारित विद्यार्थी सिट संख्यामा पढाउन बाध्य बनाउने तर कुनै कलेजलाई निर्धारित विद्यार्थी सिट संख्या भन्दा बढि पढाउन छुट दिने पूर्वाञ्चल विश्वविद्यालयको विभेदकारी नियमप्रति गम्भीर आपत्ति जनाउदै शिक्षा मन्त्रालय मार्फत पूर्वाञ्चल विश्वविद्यालयलाई स्पष्टीकरण सोधियोस् ।

अन्ततः शिक्षाको अधिकार उपभोग गर्न सबैले पाउनु पर्छ यसप्रति सबै संवेदनशील भइ कलेज प्रशासनलाई तत्कालै स्थगित गरेको नियमित शैक्षिक पठनपाठन एंव प्रशासनिक कार्यहरू सुचारु गर्न र आन्दोलनरत पक्ष र कलेज प्रशासन बीच वार्ताको वातावरण बनाइ विद्यार्थीहरुको पठनपाठन गर्न पाउने अधिकार संरक्षण का लागि आवश्यक पहल गर्न शिक्षा मन्त्रालय तथा संलग्न सबै पक्षलाई आग्रह गर्दछौं ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत