मङ्लबार, अशोज ११, २०७९

माओवादीको कार्यवाहक अध्यक्ष बने नारायणकाजी श्रेष्ठ


कान्तिपथ


नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो।

पार्टी प्रवक्ता कृष्ण बहादुर महराले एक विज्ञप्ति जारी गर्दै साउन २० देखि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी गराएका छन्।

नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापान गएका हुन्।

भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत