शुक्रबार, अशोज २१, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • मेरियट होटलको डेल्टिन क्यासिनोमा प्रहरी छापा, दुई नेपाली पक्राउ

मेरियट होटलको डेल्टिन क्यासिनोमा प्रहरी छापा, दुई नेपाली पक्राउ


कान्तिपथ


नक्सालस्थित मेरियट होटलमा रहेको डेल्टिन क्यासिनोमा प्रहरीले छापा मारेको छ। गएराति नेपाली प्रवेश गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।

सो क्रममा दुई नेपालीसमेत पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सुनसरीका खगेन्द्र भण्डारी र तनुहँका सूर्यबहादुर शाही छन्। नेपालीलाई क्यासिनोमा प्रवेश निषेध रहेकाले उनीहरुले भने भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गरेको पाइएको छ।

नक्कली भारतीय आधार कार्ड देखाएर उनीहरु क्यासिनोमा प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरु आफैं खेल्नेभन्दा पनि हार्ने व्यक्तिलाई अनलाइनमार्फत् रकम दिने र त्यसवापत ठूलो फाइदा लिँदै रकम लिने गरेको प्रहरीले जनाएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत