मङ्लबार, अशोज ११, २०७९

मकवानपुरमा ‘हेबिवेट’ भिडन्तको संकेत : को-को छन् प्रमुख दाबेदार !


कान्तिपथ


विनोद घिमिरे । दलहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित हुन थालेका छन् । चुनावको नतिजा कस्तो आउला भनेर चासो र लेखाजोखा सहितको अनुमान गर्न थालिएको छ । आफू निरन्तर प्रतिस्पर्धा गर्दै आइरहेको क्षेत्रमा गठबन्धनको नाममा अन्य उम्मेदवारलाई रोक्ने प्रयास समेत नेताहरूले गरिरहेका छन् ।

सरकारले आगामी मंसीर ४ गतेलाई प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय गरेको छ । निर्वाचनको मिति तय भएसँगै बागमती प्रदेशको राजधानी रहेको मकवानपुरको क्षेत्र नम्बर १ र २ मा पनि सम्भावित उम्मेदवारको दौडधुप सुरु भैसकेको छ।

गत निर्वाचनमा एमालेको तर्फबाट कृष्णप्रसाद दाहालले राप्रपाका कमल थापालाई पराजित गरेका थिए । यसबीच कमल थापाले अध्यक्षमा पराजित भएपछि पार्टी नै विभाजन गरेका छन् । यो पटक पनि यस क्षेत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, माओवादी केन्द्रको तर्फबाट प्रेम बहादुर पुलामी, राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ तथा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहबिच प्रतिस्पर्धा हुने देखिन्छ ।

अघिल्लोपटक एमालेका कृष्णप्रसाद दाहालले ४०६३१, राप्रपाका कमल थापाले ३४६५८, मालेका १४१९ ल्याएका थिए । पुलामीले प्रदेशसभामा २१६२९ मत ल्याएका थिए । एमाले नेता डोरमणि पौडेल पनि टिकटको दौडमा छन्।

क्षेत्र नं २ बाट एकीकृत समाजवादीका नेता विरोध खतिवडा प्रतिनिधि सभाका प्रमुख दाबेदार हुन् । उनले २०७४ को निर्वाचनमा एमालेबाट ४६४८१ भोट ल्याएका थिए भने नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यायले ३४०९० मत ल्याएकी थिइन् । ६२१ भोट ल्याएर नयाँ शक्ति पार्टी नेपालका सोनाम सिं स्‍याङतान तेश्रो भएका थिए । उक्त क्षेत्रमा माओवादी नेत्री कुमारी मोक्तान पनि प्रमुख दाबेदार हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत