आइतवार, अशोज ९, २०७९

तलब नपुगेको भन्दै आन्दोलन: भोलि देशभरका नासु बिदामा बस्ने


कान्तिपथ


सरकारले बजेटमा उल्लेख भएभन्दा भिन्न तलबमान सार्वजनिक गरेपछि कर्मचारी संगठन आन्दोलित भएका छन्। अर्थ मन्त्रालयले बजेटमा भएभन्दा फरक तलबमान सार्वजनिक गरेको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि ११ बजेदेखि धर्ना थालेका हुन्।

खासगरी अधिकृत स्तरभन्दा तलका सरकारी कर्मचारी आन्दोलित भएका छन्। नेपाल निजामती कर्मचारी संगठनले यसअघि विज्ञप्ति जारी गरी मन्त्रालयको नयाँ तलबमानमा असन्तुष्टि पोखेको थियो।

संगठनले सोमबार प्रेस विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ र फरक-फरक तलबमान उल्लेख भएबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको जनाएको छ।

अर्थ मन्त्रालयका राजस्व सचिवको दस्तखत रहेको तलबमानमा उल्लिखित राजपत्रांकित पदहरूमा गरिएको तलब वृद्धिको समान अनुपातमा (प्रतिशतमा) र आधारमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारीहरूको तलब वृद्धि गर्न नेपाल सरकार अर्थ मन्त्रालयसँग संगठनले माग गरेको छ।

आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए । उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत