मङ्लबार, अशोज ११, २०७९

वाइसिएलको दोस्रो राष्ट्रिय भेलाको नारा तय


कान्तिपथ


योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ले दोस्रो राष्ट्रिय भेलाको नारा तय गरेको छ । सोमबार संगठनको केन्द्रीय कार्यालयमा संयोजक सुमन देवकोटाको अध्यक्षतामा बसेको दोस्रो राष्ट्रिय भेला परिचालन समिति केन्द्रीय कार्यालयको बैठकले भेलाको नारा तय गरेको हो ।

भदौ ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने दोस्रो राष्ट्रिय भेला सम्पन्न गर्न : ‘आत्मनिर्भरताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ ! सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौँ !!’ भन्ने मूल नारा अन्तर्गत युवा परिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

दोस्रो राष्ट्रिय भेलाले संगठनको आगामी कार्ययोजना तय गर्ने, केन्द्रीय समिति र पदाधिकारी निर्माण गर्ने वाइसिएल प्रचार विभागका विनोद घिमिरेले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत