आइतवार, अशोज ९, २०७९

यस्तो छ निर्वाचनको कार्यतालिका


कान्तिपथ


आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि दसैं को टीका लगत्तै उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका क्रममा सोमबार स्वीकृत गरेको निर्वाचन कार्य तालिका अनुसार असोज २३ गते आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुनेछ । उक्त दिन दसैंको कोजाग्रत पूर्णिमा पर्दछ ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दसैंपछि हुने भएता पनि समानुपातिक तर्फको बन्दसूची भने दसैंअघि नै पेश गर्नुपर्ने छ । आयोगद्वारा स्वीकृत आन्तरिक तालिका अनुसार असोज २ र ३ गते दलहरुले समानुपातिकतर्फको बन्दसूची पेस गर्नुपर्ने छ ।

दसैंसँगै जुधाएर कार्यतालिका आए पनि यो आन्तरिक तालिकालाई सामान्य फेरबदल गरेर मात्रै प्रकाशित गरिने आयोगका अधिकारी बताउँछन् । सोमबार स्वीकृत आन्तरिक तालिका यस्तो छ–

प्रत्यक्षतर्फ

भदौ २५– निर्वाचन कार्यक्रम सञ्चालन
असोज ११– निर्वाचन अधिकृतहरुको नियुक्ति
असोज २१–निर्वाचन कार्यालय स्थापना
असोज २३– उम्मेदवारी दर्ता
असोज २८ देखि कात्तिक २५ गतेसम्म– मतपत्र छपाइ
कात्तिक २७– मतपत्र ढुवानी
मंसिर १ – प्रचार प्रसार बन्द
मंसिर ४– बिहान ७ गतेदेखि साँझ ५ बजेसम्म मतदान

समानुपातिकतर्फ

भदौ १– निर्वाचन कार्यक्रम सञ्चालन
भदौ २०– मतपत्र छपाइ सुरु
असोज २ र ३– बन्दसूची पेस गर्ने
कात्तिक २७– मतपत्र ढुवानी
मंसिर १– प्रचार प्रसारमा बन्द
मंसिर ४– बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत