आइतवार, अशोज ९, २०७९

सुन तस्कर १० हजार धरौटीमा छुटे


कान्तिपथ


भारत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजभित्रबाट पक्राउ परेका सन्तोष लामिछाने १० हजार धरौटीमा रिहा भएका छन्। उनी अभद्र व्यवहार मुद्दामा १० हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका हुन्।

लामिछानेलाई पक्राउ गर्न उड्नै लागेको प्लेन समेत रोकेर प्रहरीको विशेष ब्यूरोले अपरेसन नै चलाएको थियो। सो क्रममा २ घण्टा प्लेन डिले भएको थियो।

पक्राउ परेका व्यक्तिको कैलालीमा सुनचाँदी पसल समेत रहेको पाइएको थियो। उनले अवैध सुनचाँदीको खरिद बिक्री गर्ने गरेको र भारतमा सुन चोरेर ल्याएको आरोप लागेको थियो। उनै लामिछाने १० हजार धरौटीमा रिहा भएका हुन्।

लामिछानेसहित ६ जना जनही १० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सोमेन्द्रसिंह राठौरेले जानकारी दिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत