बिहिबार, अशोज २०, २०७९

दाङमा ब्वाईफ्रेण्डलाई डान्स हेर्न बोलाएर रामधुलाई !


कान्तिपथ


दाङको राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादवमाथि नृत्य हेर्न बोलाएर निर्घात कुटपिट भएको छ। साउन २० गते राति उक्त घटना घटेको हो।

जनज्योति माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मन्साराम यादवमाथि उनकै प्रेमिकाले कुटपिट गर्न लगाएको आरोप छ। युवतीका बुवा पाटेश्वर यादव सोही विद्यालयका शिक्षक हुन् ।

पाटेश्वरले आफ्नी छोरीको प्रेम सम्बन्ध रहेको थाहा पाएपछि योजना बनाएर मन्सारामलाई गाउँमा राति नाच हेर्न बोलाएर कुटपिट गरेको खुलेको हो।

प्रेमीकाले फोन गरेरै नाच हेर्न बोलाएपछि मन्साराम आफ्ना ३ जना साथीसहित प्रेमिकाले भनेको ठाउँ बेला चोक पुगेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका मन्सारामले प्रहरीलाई दिएको बयानमा आफूमाथि इटा, ढुंगा, चिर्पट, भाटा, लाठीले आक्रमण भएको बताएका छन्।

मन्सारामलाई कुटपिट गरेको आरोपमा प्रहरीले पाटेश्वर यादव र उनका दाइ धीरबहादुर यादव पक्राउ परेका छन्। कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेका जनाइएको छ। फोटो: नेपाल लाईभ

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत