मङ्लबार, अशोज ११, २०७९

दोलखा कांग्रेसका क्षेत्रिय सभापति ३ दिनदेखि बेपत्ता


कान्तिपथ


नेपाली कांग्रेस दोलखा प्रदेश ख का सभापति चित्रप्रसाद दाहाल तीन दिनदेखि बेपत्ता भएका छन्। साउन २२ गते बिहानदेखि उनी बेपत्ता भएको भन्दै परिवारले भक्तपुरको ठिमी वृत्तमा निवेदन दिएको भक्तपुरका प्रहरी प्रमुख एसपी प्रजित केसीले जानकारी दिए।

भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि भन्दै गाडी चढे पनि त्यसपछि सम्पर्कमा नरहेको परिवारको भनाई छ। बलकोटबाट बा २० ख ९८२२ नम्बरको सार्वजनिक बसमा चरिकोटका लागि चढेको परिवारले जानकारी दिएका छन्।

तर उनी चरिकोट नगई कलंकी पुगेको जानकारी पाएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए। ठिमी बृत्त र भक्तपुर परिसरबाट अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत