बिहिबार, अशोज २०, २०७९

देउवासँग चुनावी ह्याट्रिक हारेका भट्ट अन्य क्षेत्र खोज्दै !


कान्तिपथ


नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेको चर्चा चल्न थालेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि चुनाव लड्न कञ्चनपुर झर्ने तयारी गरेका हुन् ।

गठबन्धन हुँदा देउवा डढेलधुरा चुनाव लड्ने पक्का भएपछि भट्ट कञ्चनपुर क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै पराजित भएका थिए । देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए ।

२०७० मा संविधान सभाको निर्वाचनमा देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए । २०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट भाग लिएका भएपनि खगराजले जित्न सकेनन । देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भएका थिए । देउवाले २८ हजार ४४६ मत ल्याउँदा भट्टले २१४९८ ल्याएका थिए ।

उनलाई तत्कालीन माओवादी नेता लेखराज भट्टको क्षेत्रमा लडाएर जिताउने तयारी पनि हुन थालेको छ। भट्टलाई कैलाली क्षेत्र नं ४ बाट चुनाव लडाउने तयारी पनि एकथरिको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत