नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभरका सन्दर्भमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।
बिहीबार प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा आईजी सिंहले सीसीटीभी फुटेज प्राविधिक विषय भएकाले त्यसबारे आफूलाई जानकारी नभएको बताएका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सम्बन्धमा छानबिनका क्रममा सीसीटीभी फुटेज माग गरिएको थियो। अर्थ मन्त्रालयले सीसीटीभी फुटेज स्वत: मेटिएको जवाफ पठाएपछि रिकभरका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो।