बिहिबार, अशोज २०, २०७९

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


कान्तिपथ


सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका विषय छलफलको एजेण्डा रहेको स्रोतले बताएको छ। सत्तारुढ गठबन्धनले बनाएको कार्यदलमा आएका विषयहरुको जानकारी अध्यक्ष प्रचण्डलाई दिनेगरी आजको बैठक अयोजना भएको हो।

५ दिने जापान भ्रमण सकेर प्रचण्ड फर्किएपछि स्थायी कमिटी बैठक बसेर आगामी निर्वाचनमा कसरी जाने र सिट बाँठफाँटको मोडालिटीबारे आएका प्रस्तावबारे आजको बैठकमा छलफल हुने बुझिएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत