मङ्लबार, अशोज ११, २०७९

देशभरका मिटरब्याजी खोजिदै: ५ गतेभित्र उजुरी आह्वान !


कान्तिपथ


गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न अनुरोध गरेको छ। मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै भदौ ५ गतेभित्र प्रमाणसहित उजुरी दर्ता गराउन अनुरोध गरेको हो।

देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाणसहित उजुरी दर्ता गर्न अनुरोध गरिएको छ।

यस्तो उजुरी पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर दिन सक्ने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। आर्थिक हिसाबले विपन्न वर्गका व्यक्तिहरुमाथि गरिएको शोषणको श्रृंखलाले सयौं परिवारको विचल्ली भएको मन्त्रालयले जनाएको छ।

माइतीघर मण्डलामा नवलपरासीका पीडितहरुले आन्दोलन थालेपछि सरकारको ध्यानाकर्षण भएको हो। साथै सरकारले छानबिनका लागि कार्यदल पनि गठन गरेको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत