शुक्रबार, अशोज २१, २०७९

नेता मिलाउन गाह्रो भयो: प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले आफ्नो सबैभन्दा ठूलो चुनौती नै नेताहरुलाई के गरी मिलाउने भन्ने रहेको बताएका छन्। शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा सम्बोधन गर्दै उनले माओवादीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको बताए।

उनले नेताहरुका लागि छानबिन समिति बनाउनुपर्ने अवस्था पैदा भएको बताए। प्रचण्डले देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी र माओवादी नेतृत्वप्रतिको विश्वास र भरोसा नटुटेको बताए।

आफू कतार, जापान लगायतका देशमा जाँदा जनताको तहमा आफ्नो पार्टीले खेलको भूमिका, हिजो गरेको त्याग र बलिदानको उचाई, नेतृत्वले विचार निर्माण र विचारको विकासमा खेलेको भूमिका, पार्टीले खेलेको भूमिकाप्रति अगाध आस्था र विश्वास रहेको अनुभूत गरेको बताए।

‘कहीँ धरमराएको छ भने नेताहरुमा धरमराएको छ। नेताहरुको एउटा पंक्तिमा चाहिँ विचार र व्यवहारप्रति, नीति र नेतृत्वप्रति विश्वास धरमराएको देखिन्छ। नेताहरु ढिक्का भएर जाने हो भने जनता जुरुक्कै स्थिति अहिले पनि देख्छु मैले’, उनले भने।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत