आइतवार, अशोज ९, २०७९

सिटीको फराकिलो जित: लगातार २ खेल हारेको अंकविहीन युनाईटेड पुछारमा


कान्तिपथ


इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।

खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा ब्रुएनले गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ३७ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा लेर्माले आत्मघाती गोल गरेपछि सिटीले ४-० को जित निकाल्यो । यस जितसँगै सिटीले नयाँ सिजन लगातार दोस्रो जित निकालेको छ ।

सिटीले २ खेलमा ६ अंक जोडेको छ । सिटी शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हर व्यहोरेको छ । शनिबार राति भएको खेल ब्रेन्टफोर्डसँग ४-० ले स्तब्ध हुँदै युनाईटेडले लगातार दोस्रो हार व्यहोरेको हो । घरेलु मैदानमा ब्रेन्टफोर्डले युनाईटेडविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।

खेलको दशौँ मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए । म्याथिस जेन्सेनले १८ औं मिनेटमा गोल गर्दा ब्रेन्टफोर्ड २-० ले अघि रह्यो । खेलको ३० औं मिनेटमा बेन मिले गोल गरेपछि घरेलु टोली ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ३५ औं मिनेटमा ब्रायन एमबिउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए । ब्रेन्टफोर्डको यो पहिलो जित हो । ब्रेन्टफोर्ड २ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । युनाईटेड अंक विहीन रहदै पुछारमा रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत