आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • शिक्षा
  • हुबहु दोहोरिएको प्रश्नपत्रको छानबिनका प्रतिवेदन सार्वजनिक गर्न क्रान्तिकारीको माग

हुबहु दोहोरिएको प्रश्नपत्रको छानबिनका प्रतिवेदन सार्वजनिक गर्न क्रान्तिकारीको माग


कान्तिपथ


माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा हुबहु दोहोरिएको प्रश्नपत्र छानबिनका लगि गठित समितिले आफ्नो प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ।

अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै छानबिनको नाममा दोषिलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छन्।

‘एक महिना बितिसक्दा पनि हुबहु दोहोरिएको प्रश्नपत्र छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन। कतै छानविनको नाममा प्राविधिक त्रुटी भन्दै दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन?,’ अखिल क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ, ‘सत्य तथ्य बाहिर ल्याउन गठित समिती स्वयं कतै घटनालाई लुकाउने काम गरिरहेको त छैन? आज छानबिन समिति माथि नै छानविन गर्नुपर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको देखिन्छ।’

व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको छानबिन समितिको प्रतिवेदन सत्य तथ्य सहित तत्काल सार्वजनिक गर्न समेत अखिल क्रान्तिकारीले माग गरेको छ। ट्रान्स्कृप्ट, प्रोभिजनल, माईग्रेसनको लागि देशका विभिन्न क्याम्पसबाट फेरि पनि त्रिभुवन विश्वविधालय धाउनुपर्ने अवस्था रहिरहे विश्वविद्यालयका विरूद्ध आन्दोलन गर्ने समेत उसले चेतावनी दिएको छ।

यसअघि आफूहरूले बुझाएको १८ बुँदे मागबारे पनि अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत